Monday, February 13, 2012
आदर र सम्मान कसलाई ?
Do you like this story?
आदर र सम्मान कसलाई ?
केही दिनअघिको चिसो बिहानको कुरा हो। तुषारोले सेताम्य भएको भुइँलाई न्यानो पार्ने घाम उदाएको निकैबेर भइसके पनि कुहिरोको पर्दालाई पगालेर अझै पनि राम्ररी देखिन पाएको थिएन। सखारै कतै जानुपर्ने बाध्यता नभएका भाग्यमानीहरू आ-आफ्नो ओच्छ्यानमै गुँडुल्किरहेका बेला त्यस्तो सोख गर्न नपाउने अभागीहरू भने स्यु...स्यु...गर्दै हिँड्न थालिसकेका थिए। यो स्तम्भकार पनि दोस्रो वर्गकामा परेको हुनाले सखारै निस्केको थियो। कोटेश्वरनिर आइपुग्दा एउटा रमाइलो तर सोच्न बाध्य बनाउने दृश्य देखियो। भैँसी बोकेको एउटा अजंगको ट्रक बीचबाटोमा स्टार्ट बन्द भएर थला परेको रहेछ। एकैछिनपछि चहलपहल सुरु भएर ६ लेनको बाटोलाई पनि चुनौती दिने गाडीका ताँती लाग्ने समय भइसकेको थियो। एक त आफैँ भारी, त्यसमाथि भैँसी खाँदिएको त्यो ट्रकलाई छेउ लगाउनका लागि दुई जना ट्राफिक प्रहरी ठसठस कन्दै घचेटिरहेका थिए। अलिकति उकालोमा रोकिएको त्यो ट्रकलाई सार्नु सजिलो काम थिएन। त्यो देख्दा ती ट्राफिक प्रहरीलाई मनमनै सलाम नगरी बस्न सकिएन। धन्य हुन् ती, जसले हामीलाई सवारी आगमनमा कमभन्दा कम असुविधा होस् भन्नका लागि रातदिन, साँझ, बिहान, चर्को घाम, ठिहिर्याउने जाडो, बर्खेझरी, धूलो, धूवाँ र प्रदूषणको पनि वास्ता नगरी कठोर शारीरकि परश्रिम गररिहेका हुन्छन्। अझ सही ढंगले मर्मत र सम्भार नगरएिका बेलाबेला ठाउँकुठाउँमा थचक्क बस्ने ढुंगे युगका सवारी साधन पनि घचेड्नुपर्छ उनीहरूले। साँच्चै आदर र अभिवादनका योग्य हुन् ती कर्मजीवीहरू।
गहिरएिर सोच्ने हो भने हामीले यस्ता अरू थुप्रै आदर गर्नुपर्ने र सलाम ठोक्नुपर्ने मानिसलाई बेवास्ता गररिहेका हुन्छौँ। त्यति मात्रै पनि कहाँ हो र? त्यसको विपरीत कतैबाट पनि कुनै पनि हिसाबले आदर, सम्मान र अभिवादनका योग्य नभएका मानिसलाई चाहिँ दिनहुँ अनावश्यक रूपमा नमस्कार र सलाम गररिहेका हुन्छौँ। एउटा कार्यालयको हाकिम चाहे जतिसुकै भ्रष्टाचारी र दूराचारी किन नहोस्, कार्यालयभरका कर्मचारी उसप्रति नतमस्तक हुन्छन्, उसलाई नमस्कार गर्छन् । अझ उसको घरघरसम्म पुगेर उसको चाकडी गर्छन्। उसका नाजायज कुरामा पनि सहमति जनाउँछन्, उसको कुनै पनि काम आउन पाउनु आफ्नो भाग्य मान्छन्। आदर नै गर्ने हो भने त्यही कार्यालयमा अरू सबै आउनुअघि कार्यालय सफा गर्ने, टेबुल पुछेर टिलिक्क बनाउने, समयभन्दा ढिला आएर चियाको आदेश दिनेहरूको आज्ञा शिरोपर गर्ने पियन तथा सफाइ कर्मचारीको पनि गर्नुपर्छ। तर, हामीमध्ये कतिले तिनलाई पहिले नमस्कार भन्छौँ? उसले हाम्रो काम गरििदँदा कतिले उसलाई धन्यवाद भन्छौँ? आफूभन्दा पाको, आफ्नो बाबुको उमेरको पियनले आफूलाई नमस्कार गर्दा हामीमध्ये कतिले उसलाई त्यसो नगर्न र आफू ऊभन्दा सानो भएको बताउँछौँ? चारैतिरबाट नाङ्गो भइसकेको एउटा नेता, चाहे उसमाथि फौजदारी नै किन लागेको नहोस्, उसका पछाडि लाग्नेको कहिल्यै पनि कमी हुँदैन। उसलाई हामी आदरणीय, माननीय, सम्माननीयजस्ता विशेषणहरूले सिँगार्छौं। बाध्यताले होस् वा स्वेच्छाले, हामी तिनलाई आदर गररिहेका हुन्छौँ। सार्वजनिक कार्यक्रममा हामी उनीहरूलाई प्रमुख अतिथि बनाउँछौँ। उसले आफ्नो फाइदा हुनेबाहेक अरू केही काम गर्दैन भन्ने थाहा हुँदाहुँदै पनि आ-आफ्ना क्षेत्रका जायज/नाजायज सबै समस्या उसले सुल्झाइदेओस् भन्ने इच्छा व्यक्त गर्छौं। उसले औपचारकिता मात्र पूरा गर्नका लागि गमक्क परेर आफूले के गर्न सकिन्छ प्रयत्न गर्छु भनेपछि करतल ध्वनिले त्यसको स्वागत गर्छौं। कहीँ कुनै रेस्टुराँमा जाँदा गार्डले सलाम गर्दा अधिकांश्ाले त्यो फर्काउँदैनौँ। हाम्रा आवश्यकताका सामान बेच्ने पसलेसँग सामान किनेपछि धन्यवाद किन भन्दैनौँ हामी? हामीले किनेका फर्निचर बोकेर घरसम्म ल्याइदिने भरयिासँग उस्तै परे बरु ज्यालामा १०/२० रुपियाँ घटाउन किचकिच गर्छौं तर उसको परश्रिमका लागि आभार प्रकट गर्दैनौँ।
हाम्रा वरपिर ियस्ता बग्रेल्ती उदाहरण पाइन्छन्, जसका कारण हाम्रो जीवनशैली निकै नै सरल र सहज भइरहेको हुन्छ। तर, ती सबै कुरा, ती सबै मानिस र उनीहरूको कर्मलाई नै हामीले यति सहजतापूर्वक लिइसकेका छौँ, हामी तिनीहरूप्रति आभारी हुनु त परै जाओस्, तिनको हेक्का पनि गर्दैनौँ। ठिमीबाट हरेक बिहान ७ नबज्दै साइकलमा सागका भारी बोकेर काठमाडौँ आइपुग्ने एक जना युवक छन्। तिनी राती २ बजेदेखि साग बटुल्ने, पखाल्ने र मूठा पार्ने गर्छन्। यो उनको दैनिकी नै हो। आदरको वास्तविक अधिकारी ती युवक हुन् कि होइनन् त? हरेक दिन हामीलाई आवागमनमा सुविस्ता होस् भनेर यो असम्भव ट्राफिक र बिजोगका सडकमा सार्वजनिक यातायातका साधन हाँक्ने चालक नहुने हो भने हाम्रो जीवनशैलीमा कति असर पुग्छ भन्ने कुरा हामीले सोचेका छौँ? हाम्रो आदरको अंश तिनले पाउनुपर्छ कि पर्दैन होला त? शान्तिसुरक्षामा खलल नपुगोस् भनेर रातभर गस्ती गर्ने प्रहरी, मादक पदार्थ सेवन गरेर चलाउने एउटाको दोषको परण्िााम अरूले नभोगून् भनेर मुखैमा हा...गराएर अनेकौँ रोगका किटाणुको संक्रमणको डर मिचेर ड्युटीमा खट्ने जवानको काम के सजिलो छ र? तिनलाई आदर गरौँ।
आदर र सम्मान मान्छेको पद र पहुँचलाई मात्रै नगरौँ। कर्मयोगी, सेवादायी र श्रमजीवी हातहरू भनेका जहिले पनि नारा लगाउन हावामा मुट्ठी उचाल्नेहरूको भन्दा बढी महत्त्वपूर्ण हुन्छन्। यहाँ उल्लेख गर्न नभ्याइएका अन्य सबै त्यस्ता हातलाई सलाम गरौँ, आदर गरौँ र सम्मान गरौँ ।

This post was written by: Franklin Manuel
Franklin Manuel is a professional blogger, web designer and front end web developer. Follow him on Twitter
Subscribe to:
Post Comments (Atom)
0 Responses to “आदर र सम्मान कसलाई ?”
Post a Comment