SOOCH LIBRARY

Trending: Bloggermint Blogger Template

Tweet

  • HOME
  • Blogs

Thursday, February 23, 2012

सेक्स खोज्नेमा नेपाल विश्वकै १० नम्बर

Tweet
Share

Do you like this story?



सेक्स खोज्नेमा नेपाल विश्वकै १० नम्बर 

reference  http://www.ekantipur.com/saptahik

विदुर खतिवडा
सेक्स ? हे यो विषयमा कुरै नगरौं, अधिकाशंले दिने रेडिमेड उत्तर हो यो। सेक्सका बारेमा कसैले कुरा गरिहाले पनि कुरा गर्ने व्यक्तिहरू आलोचनाको पात्र बन्ने निश्चित छ। हाम्रो समाज सेक्स वा यससँग सम्बन्धित विषयमा कति ढोंगी छ भन्ने कुरा यो विषयमा कुरा गर्नु पनि अपराध मान्ने मनोवृत्तिले प्रस्ट पार्छ। 

यो त अप्रमाणित कुराकानीको विषय मात्र भयो, अब लागौं, प्रमाणित तथ्य खोज्न्, विश्वको नम्बर एक अनलाइन सर्च इञ्जिन गुगलले नेपाल र नेपालीको सेक्स प्रवृत्तिसम्बन्धी ऐना देखाइदिएको छ। चाहेर पनि ढाँट्न नसकिने यो यथार्थले सेक्सप्रतिको ढोंगी नेपाली धारणालाई वास्तवमै उदांगो बनाएको हो। गुगल इनसाइट फर सर्चमा सेक्स राखेर खोजी गर्दा यो यथार्थ छर्लंग हुन्छ। 

विश्वास गर्न गाह्रो पर्ला, इन्टरनेट युजरहरूको गुगल सर्चका आधारमा सेक्ससम्बन्धी सामग्री खोजी गर्ने राष्ट्रहरूको सूचीमा विश्व मै नेपाल दसौं स्थानमा छ। यो सन् २०११ मा गुगलमा नेपालीहरूले सेक्सका बारेमा गरेको खोजीको आधारमा तय भएको स्थान हो। श्रीलंका, भारत, पपुवा न्युगिनी, इथियोपिया, पाकिस्तान, बंगलादेश, भियतनाम, कम्बोडिया, सोमालियापछि नेपालले उक्त स्थान बनाएको हो। गुगलका अनुसार इन्टरनेट प्रयोगकर्तामध्ये ६४ प्रतिशत नेपालीले सेक्स रिलेटेड कन्टेन्ट (सामग्री) सर्च गरेका थिए। सेक्स रिलेटेड कन्टेन्ट खोज्ने क्रममा सन् २००९ र सन् २०१० मा नेपाल विश्वभरमै सातौं स्थानमा रहेको गुगलले देखाउँछ।

इन्टरनेट वास्तवमै बेइमान छ, यसले अन्ततः सारा रहस्य खोलिदिन्छ। उसको सहारा लिएर गुम्सिएको यौन इच्छा पूरा गर्ने प्रयास त गरिएको हो तर यसले यो कुरा खोज्यो, त्यसले त्यो कुरा खोज्यो भनेर सबै सत्य बताइ हाल्छ। गुगल त झनै बेइमान रहेछ, सेक्सकै मामीलामा पनि कसले के कुरा धेरै खोजे पनि बताउँछ। फ्रि सेक्स, सेक्स भिडियो, सेक्स भिडियोज, सेक्स पोर्न, पोर्न, ट्युब सेक्स, इन्डियन सेक्स, सेक्स हट, सेक्स स्टोरिज, पोर्नो क्रमश धेरै टाइप गरिएका शब्द हुन् भनेर गुगल जानकारी दिन्छ। नेपालीहरू पनि यी शब्द टाइप गर्न माहिर छन् भन्ने कुरा पनि गुगलले स्पष्ट पारिसकेको छ । सन् २०१२को पहिलो १५ दिनमा नेपाल सेक्स सर्च गर्ने क्रममा चौथो स्थानमा रहेको गुगलले देखाउँछ ।

अब कुरा गरौं काठमाडौंको जीवनशैलीको, अहिलेको काठमाडौं वास्तवमै यौनसम्बन्धी छुट्टै मानक खडा गरेर बसेको सहर हो। धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्वका हिसाबले विशेष महत्व राख्ने यो सहरको आफ्नै इतिहास छ। यो सहरमा सेक्स अर्थात् यौनका विषयमा खुला रूपमा कुरा गर्न बर्जित छ, तर रति क्रियामा लिप्त रहेको देखाउने टुँडाललाई प्राकृतिक सम्पदाका रूपमा संरक्षण गर्नुपर्छ भन्छ। सेक्सका बारेमा देखिएको दोहोरो चरित्र कतिसम्म छ भन्ने कुरा मानिसहरूको व्यक्तिगत जीवनशैली हेरे अझ प्रस्ट हुन्छ। 

सहरका पुरुषहरू बिहान घरबाट निस्कँदा इज्जत, प्रतिष्ठा र सम्मान बोकेर काममा जान्छन्। घरमा बस्ने हुन् वा कामकाजी नै, महिलाहरू आफ्ना छोरीलाई सधैं भर्जिनिटीको महत्व सम्झाइरहेका हुन्छन्। महिलाको इज्जत नै कौमार्य भएकाले यो गुमे सर्वस्व गुम्ने पाठ सिकाउनु आमाको दायित्व नै मानिन्छ। छोराहरू एकदमै आज्ञाकारी छोराको चरित्रमा अभिनय गरिरहेका हुन्छन् भने छोरीहरू ज्ञानी तथा शिल स्वभावयुक्त नारीको छवि निर्माणको प्रयासमा हुन्छन्। पति-पत्नीव्रता र पत्नी-पतिव्रता भएर एक अर्कामा समर्पित छौं भन्ने देखाउन चाहन्छन्। प्रत्येक दम्पती यही सोच्न चाहन्छन् कि- उनीहरूको छोरोले सेक्सका बारेमा कुनै सोच नै राख्दैन्, त्यस्तै  छोरी आफ्नो भर्जिनिटी अर्थात् कुमारित्वको खुबै ख्याल गर्छे र त्यसलाई आफ्नो सम्पत्ति मान्छे। 

यो सतहको दृश्य भयो, अब फेरि पर्दा भित्र छिरौं, यो दृश्य एक्लोपनको समयको हो, अर्थात् जब साँझ ढल्दै जान्छ, ढोकाको चुकुल लगाएर बाबा आफ्नो पर्सनल कम्प्युटरमा र छोरा-छोरी आ-आफ्नै ल्यापटपमा आफ्नो दमित इच्छाको आकाश खोज्न व्यस्त हुन्छन्। यसका लागि पहिलो पाइला नै गुगल हो। गुगलभित्र छिरेर एस इ एक्स (सेक्स) टाइप गरेपछि आउने मज्जाले उनीहरूको यौनकुन्ठालाई शान्त पार्छ।  

कला संस्कृतिको धुरन्धर ऐतिहासिक प्रमाण बोकेर पनि यौन अर्थात सेक्सका बारेमा नेपाली समाज आवरणमा मौन छ। यसलाई विकृत मान्नेहरू र कुराकानीको विषय नै बनाउन नचाहनेहरूलाई पनि सेक्सको महत्व भने राम्रैसँग थाहा छ। त्यसैले हुनसक्छ, यौन रसको आनन्दनुभूतिमा जो कोही उत्तिकै लालायित छन्। सेक्स अट्रयाक्सनको मोहजालमा परिसकेपछि त्यसको सन्तुष्टि प्राप्तिका लागि मानिस छटपटिन्छ। त्यही छटपटीले एकान्तको खोजी गर्छ, अनि गुगलमा फेरी टाइप हुन्छ एस इ एक्स।

आधुनिक बन्ने चाहनामा पनि यौन आकर्षणको सम्बन्ध उत्तिकै जोडिएको छ। छोरीहरू घरबाट निस्कदा पहिरनले सम्पूर्ण शरीर ढाकेर निस्कछन्, तर आधुनिकतासँगै जब उनीहरू कलेज वा कार्यालय पुग्छन्, त्यसबेला आधा शरिर ढाक्ने पहिरन पनि हुँदैन। यसभित्र आफूलाई ग्लामरस देखाएर अरूलाई आकषिर्त गर्ने लालसा लुकेको हुन्छ। यता छोराहरू इन्टरनेटमा बसेर पोर्न साइटको लिंक खोज्न अभ्यस्त छन्, छोरीको तुलनामा छोरालाई केही सहज पनि छ, त्यसकारण उनीहरू एक कदम अगाडि नै हुन्छन्। हासो लाग्ने कुरा त के भनें बाबालाई भने इन्टरनेटमा सेक्स कन्टेन्टको सयर पछि कुन-कुन लिंकमा के-के हेरियो भनेर आउने वेब हिस्ट्री डिलिट गर्न आउँदैन अनि त उनको एक्सप्लोररमा जाने बित्तिकै असलियत थाहा भैहाल्छ। 

अहिलेको समयमा छोरी देश वा विदेशको कुनै सहरमा काम गरिरहेकी हुन्छिन्। ठूलो सहरमा आफ्नी छोरी एक्लै बसेर काम गरिरहेकि छे भनेर बाबु आमा दंग छन्, तर यहीबीचमा परिवारको इज्जतको ख्याल गर्नु भनेर आमा फोन गरेर पटक-पटक छोरीलाई सम्झाइरहेकि हुन्छिन्। शिलस्वभाव युक्त भनिएकी छोरी हुन्छ-हुन्छ भनेर फोन राख्छे, फोन राखिनसक्दै उ ढकढकिएको ढोका खोल्न जान्छे, ढोका बाहिर उसको व्वाइफ्रेन्ड हुन्छ। छोरीलाई त्यति बेला गुगलमा सेक्स सर्च गर्ने आवश्यकता नै पर्दैन्, किनभने उ आफ्नै ब्वाइफ्रेन्डसँग रियल सेक्सको मज्जामा हुन्छे। 

आज धेरै युवतीहरू आत्मनिर्भर जीवनयापन गरिरहेका छन्। उनीहरू एक्लै बस्छन्, यस्ता युवतीहरूका आमाबुबा के सोच्छन होला ? बाबुआमा वास्तवमा छोरी कुनै पनि अवस्थामा यौनमा लिप्त छैन भन्ने सोच्छन्। उनीहरू यस्तो सोच्छन् किनभनें उनीहरू वास्तवमै त्यति मात्र सोच्न बाध्य छन्। आफ्ना सन्तानका प्रतिविश्वासभाव राखेर यसप्रकारको भलो सोचाइ राख्न उनीहरू बाध्य छन्। 

माथी उल्लेखित सबै पक्षमा सबैजना एक अर्कामा साँचो कुरा लुकाइरहेको प्रस्ट तस्बिर देखिन्छ। एकान्त मिल्ने वित्तिकै आफ्नै दाउ पूरा गर्न तथा अधुरो दमित इच्छा पुरा गर्न सबै तम्तयार छन्। यद्यपि मानिसहरू यो सत्य तथा यथार्थ किन लुकाउन चाहन्छन्  ? 

रिसर्च भन्छ-'वास्तवमा जहाँ जति कडा बन्देज छ, जहाँ नैतिकताको उच्च पाठ पढाइन्छ र जहाँ मुखबाट धारा प्रवाह प्रवचन बर्सिन्छ त्यहाँको समाजमा सेक्सको उत्तिकै गहिरो भोक छ। भित्रि हृदयमा सेक्सको चाहना प्रबल हुन्छ। हजारौं चाहना उत्पिडनको शिकार भएका छन्, इच्छा र चाहना तीव्र भए पनि भन्ने साहस कसैमा छैन्, समाधान एउटै छ, इन्टरनेट। 

आखिर यौन किन यति गहिरो विषय भएको हो ? आवरण र भित्री यथार्थमा किन यति धेरै अन्तरविरोध ? सबै जना भन्छन एउटा अनि गर्छन अर्को कुरा किन ? सबैका सामु एउटा कुरा तर एकान्त वा एक्लो स्थानमा अर्को गतिविधि किन ? भारतिय सेक्स मनोविज्ञाता डा. सुधीर कक्कड भन्छन्- 'हाम्रो समस्या भनेको दोहोरो चरित्र निर्वाहका कारण सिर्जना भएको हो, यही समाजमा एकातर्फ कामसुत्र तथा टुँडाललाई पूर्वीय दर्शनको गहना मानिन्छ भनें अर्कातर्फ मनुस्मृतिलाई संस्कार मानिन्छ। मनुस्मृति भन्छ, 'रजस्वाला भएकि कन्याको अनुहार हेर्ने पिता र भाइ नर्कमा जान्छन्।' त्यसको अर्थ के हो ? युवती जवान हुनु अगावै अथवा उनको शरीरले इच्छा र चाहना खोज्नु अगावै उनलाई रक्षकको जिम्मा लगाइदिनुपर्छ ?'  

एक मेडिकल रिसर्चअनुसार पछिल्लो ५ वर्षको अवधिमा कन्डमको बिक्री १५ प्रतिशतले बढेको छ। यौन र यौनसम्बद्ध साधनहरूको ब्यापार करोडौंले बढेर गएको छ। यौनबर्धक शक्ति र औषधिको बजार उस्तै बढेको छ। पश्चिमेलीदेखि पूर्वीय आयुर्वेदिक औषधीसम्मले बजार पाएका छन्। सेक्स क्लिनिक र सेक्स टोयको आवश्यकता पनि उत्तिकै महसुस गर्न थालिएको छ। डा. राजेन्द्र भद्राको अनुभवमा आजभन्दा ५ वर्षअघि ४० देखि ६० वर्ष उमेरका मानिसहरू आफ्ना यौन समस्या बढी सेयर गर्थे तर पछिल्लो दुई वर्षयता २० देखि ४० वर्ष उमेरका मानिसहरूमा बढी यौनसमस्या देखिएको छ। यो समस्या इन्टरनेटमा अश्लिल साहित्य अध्ययनपश्चात् अप्राकृतिक यौन सुख लिने चाहनासँग जोडिएको छ। 

पछिल्ला वर्षहरूमा गर्भनिरोधक औषधीको मनमानी प्रयोग बढेकैले बिरामी पर्नेहरूको संख्या पनि हवात्तै बढेर गएको छ। अचम्ममा पार्ने कुरा त के भने विवाह अगावै अत्यधिक संख्यामा युवतीहरू चिकित्सकसँग विना परामर्श गर्भनिरोधक औषधी खाएका कारण हुने अत्यधिक रक्तश्रावको समस्या लिएर अस्पताल पुगिरहेका छन्। 

मनोविश्लेषकहरूका अनुसार पछिल्ला ५ वर्षयता शहरको जीवनशैलीमा अत्यधिक परिवर्तन आएको छ। राम्रो आयआर्जनका कारण सुविधा सम्पन्न जीवन जिउने चाहना व्यवहारमा उत्रन थालेको छ। नवधनाड्य यो वर्गले छोराछोरीले उनीहरूको आवश्यकता भन्न नपाउँदै पूरा गरिदिने, आफैं पनि पार्टी क्लब संस्कृतिमा रमाउने क्रियाकलाप बढेको छ। बाबुआमा मनोरन्जनको खोजीमा मस्त भैरहँदा यता छोराछोरीले स्वतन्त्र जीवन जिउने छुट पाएका छन्। यसको ज्वलन्त नतिजा इन्टरनेटमा सेक्स र पोर्न साइटको खोजीमा देखिएको छ। उन्मुक्तताको खोजीमा छटपटिएको नयाँ पुस्तालाई गोप्यताभित्र रहन रुचाउने सेक्सको धङधङीले नराम्रोसँग गाजेको छ। गोप्य राखिएको सेक्सले उनीहरूलाई निरन्तर आफूतर्फ खिच्ने प्रयास गरिरहेको छ। 

ग्लोबलाईजेसनले निर्माण गरेको नयाँ विश्वमा पुरानो सामन्ती सोचको विकल्पमा यो आधुनिक संस्कृतिले धावा बोलिसकेको छ। सामन्ती सोच सेक्सको मामिलामा यति ढोंगी छ कि शाश्त्रमा यौनका बारेमा उल्लेखित कुराहरू जानेर पनि यस विषयमा खुला हुन चाहँदैन अनि एकान्तबासमा त्यसमै रमाउँछ। आफूभन्दा पछिल्ला सन्तती पनि यही संस्कारबाट चलून् भन्ने चाहना सामन्ती संस्कारको छ तर नयाँ पुस्ता यो आधुनिक संस्कृतिलाई खुला रूपमा अंगीकार गर्ने साहस जुटाउने प्रयासमा छ। 

अहिलेको पुस्ताको जीवन वास्तवमै चुनौतीपूर्ण छ। करिअरको ठूलो चिन्ता छ, केही बनेर देखाउने अभिलाषा पनि उत्तिकै छ। विवाहको उमेर १६-१८ बाट बढेर ३० को आसपास पुगिसकेको छ। यसबीच थपिने नयाँ चुनौतीहरू पनि उत्तिकै छन् तर समाजको सोच र अपेक्षा पुरातनवादी नै रहँदा उनीहरू पनि ढोंगी नै बनेर अघि बढिरहेका छन्। 

'मेरो नजरमा वाल विवाह अपराध हो, तर यसको एउटा उज्यालो पक्ष पनि छ। बालविवाहले मानिसको व्यक्तिगत चरित्रमा केही अंकुश लगाउन सक्न्थ्यो। ढिलो विवाह हुँदा शारिरिक चाहनाले पनि चरित्रलाई असर पुर्‍याइहाल्छ अनि अवश्य पनि उसको कौमार्य गुमिसकेको हुन्छ।' समाजशाश्त्री अनुप क्षेत्री भन्छन्- 'तर के कौमार्य यति महत्वपूर्ण बस्तु हो ?  जसको यति धेरै ख्याल गर्नुपर्छ। पूर्विय दर्शनले जीवन गुमाएर भएपनि कौमार्यको रक्षा गर भनेको छ तर बुझाइका आधारमा भनें नैतिकता वा कौमार्यको कुरा यहाँ महिलामा मात्र लागू छ। के पुरुषको कौमार्यको कुरा कतै उठेको छ ?' 

क्षेत्री भन्छन्- 'आखिर कौमार्य के हो ? अनि किन यसलाई बचाउनु आवश्यक हुन्छ ? ३० वर्षसम्म आफ्नो करिअरका लागि विवाह नगर्ने युवाहरूको हकमा भर्जिनिटी रहनुपर्छ भनेर तर्क राख्नु कति न्यायसंगत छ ? वास्तवमै यो ठूलो अन्याय हो।' हार्मोनको वृद्धिका कारण जुन उमेरमा मानिसले विपरीत लिंगीप्रति आकषिर्त हुन थालेको महसुस गर्न थाल्छ अथवा शरीरले जब कामबासना प्रवेश भएको अनुभूति गर्छ, त्यो उमेर कुनै पनि अवस्थामा विवाह योग्य नहुने भएपछि कौमार्यको पृष्ठपोषण गरिरहनुपर्ने आवश्यकता नभएको क्षेत्रीले बताए।  

नाम नबताउने सर्तमा नर्सिङ पेसामा कार्यरत एक युवती भन्छिन्- 'व्वाइफ्रेन्डसँग मेरो नियमित सेक्सुअल रिलेसन् छ। यो कुरा मेरो एकदमै नजिकका साथीहरूलाई पनि थाहा छैन्।' रुढिबादी र परम्परागत परिवारकी ती युवतीलाई थाहा छ, समाज र परिवार यो कुरालाई एकदमै गलत मान्छ तर उनी दुई देहले मागेको अवस्थामा सेक्सुअल रिलेसन राख्नुलाई पटक्कै गलत मान्दिनन्। उनका अनुसार स्वस्थ जीवनका लागि प्राकृतिक यौनसम्बन्धले ऊर्जा दिन्छ। 

मुलुककै दुर्गम जिल्लाको गाउँबाट आएर इन्जिनियरिङ कलेजमा अध्ययनरत एक युवाका अनुसार गाउँमा उनले कहिल्यै पनि युवक युवतीलाई यति धेरै स्वतन्त्रता र उन्मुक्त भएर अंगालोमा कसिएर हिंडेको देखेका थिएनन्। यसले उनमा पनि कामबासनाको भावना विकास गराएको छ। कुन्ठित चाहना पुरा गर्ने उनीसँग एउटै बाटो छ, पोर्नसाइट। गुगल खोजीले उनको मनलाई शान्त बनाएको छ।

साइको एनालिष्टहरू भन्छन्- यो आधुनिक संस्कृति वास्तवमै सामान्य मनोविज्ञान हो, जुन कुरालाई बढि दबाउने प्रयास गरिन्छ, त्यसैले धेरै शिर उठाउने प्रयास गर्छ । मुख्य समस्या हाम्रो दोहोरो चरित्रमै छ। मनोवैज्ञानिक रिसर्चका अनुसार पूर्विय समाजमा विवाहभन्दा पहिले सेक्सलाई गलत र निन्दनीय भनेर बुझ्ने मात्र होइन्, दुई स्वस्थ शरीरको शारिरिक सम्बन्धको संभावनाका बारेमा सोच राख्नु पनि अपराध हो भनेर बुझाइएको छ, जुन एकदमै गलत छ। त्यतिमात्र होइन, यहाँ सेक्सको विषयमा पति र पत्निबीच खुला रुपमा संवाद समेत गरिदैन्। यस्तोमा इच्छा र चाहनाले चोरबाटो खोज्न थाल्छ। पोर्नसाइट, अश्लिल एसएमएस, सेक्स टोय र जोखिमपूर्ण सम्बन्ध अहिले यौनकै दोस्रो ढोका बनेका छन्।  

नाम उल्लेख नगर्ने सर्तमा सयौं युवायुवती विवाह पूर्वको देहसम्बन्ध स्वीकार गर्न तयार छन्। पढेलेखेका, आत्मनिर्भर तथा आफ्नो पहिचान निर्माण गरिसकेका ३० नाघेकाहरू बकाइदा 'फ्रि-सेक्स' को वकालत गर्छन्। उनीहरूका अनुसार जीवनका अन्य अनुभवहरू झैं सेक्स पनि एउटा अनुभव हो। यो वास्तवमा जीवनकै जरुरी र अन्तरंग हिस्सा हो।  त्यसो भए, अब मुख्य कुरा, यसमा नैतिकता र अनैतिकताको कुरा कहाँबाट आउँछ ? एक चर्चित महिला पत्रकारका अनुसार हामी नैतिकता र सेक्सुअल पवित्रताका बारेमा घनघोर वहस गर्छौ तर किशोरीहरूमा बढिरहेको गर्भपतनका बारेमा भनें ख्याल गर्दैनौं। कन्डम र गर्भनिरोध औषधीको बजार किन यसरी एक्कासी बढिरहेको छ कहिल्यै जान्न खोजिएको छ ? 

यसको अर्थ हामी वास्तवमै झूठा छौं। भैरहेको एउटा छ अनि कुरा अर्कै गर्छौं। रिसर्चका अनुसार हाम्रो समाज अहिले पनि भिक्टोरियन नैतिकताको दृश्यभन्दा बाहिर आउन सकेको छैन्। युरोपमा त्यसका विरुद्ध खुलेआम संघर्ष भएको थियो तर हाम्रोमा त्यो आवाज दमित इच्छामै हराएको थियो, कथित नैतिकता र इज्जतको आडम्बरमा शरीरले खोजेको कुरामा पनि हामी खुलस्त हुन सकिरहेका छैनौं। अहिले देखिएको सामान्य खुलापनको भावना पनि ग्लोबलाइजेसन र बढ्दो उदार बजारतन्त्रको उपज मात्र हो। पश्चिमी समाज हाम्रो तुलनामा धेरै इमान्दार छ। उनीहरू हाम्रो जस्तो सेक्सको मामलामा नैतिकताको बोझ थोपर्न चाहँदैनन्। 

हामी सेक्सलाई एकदमै गलत मान्छौं अनि दिनरात नभनी त्यही सेक्सका भिन्न रूपको खोजीमा सक्रिय छौं। पत्नीब्रता पुरुष कार्यालय तथा सडकमा युवतीहरूलाई देखेर जुर्मुराउँछ, गहिरो सेक्सको चाहना राखेर नयन घुमाउँछ, समर्पित पतिव्रता महिलाहरू परपुरुषको आलिंगनको मौका खोजिरहेका छन्। उनीहरू श्रीमान्लाई धोका दिएर भए पनि आफैमा रमाउन चाहन्छन्। आज्ञाकारी भनिएकी छोरी ब्वाइफ्रेन्डसँग घुम्न मनपराउँछिन्, मौका मिले सेक्सुअल रिलेसनको अनुभव पनि भ्याउँछिन्, अनि बहिनीको ब्वाइफ्रेन्ड छ कि छैन चियो चर्चो गर्ने छोरो अर्काकी बहिनीलाई माया प्रेमको सपना देखाएर ऊसँग अभिसारका निम्ति भूमिका खोजिरहेको हुन्छ। सबैलाई सेक्स चाहिएको छ, तर सबै झूठो बोलिरहेका छन्— गुगल सर्चको तथ्यांकले यही भन्छ। 



वर्ष २०११ मा गुगलमा नेपाली सेक्ससँग रिलेटेड शब्दको खोजी 

१) नेपाली भिडियो

२) सेक्स भिडियो नेपाली

३) नेपाली फ्रि सेक्स

४) नेपाली सेक्स भिडियोज

५) नेपाली गर्ल सेक्स

६) नेपाली गल्र्स

७) नेपाली सेक्स गल्र्स

८) नेपाली पोर्न

९) नेपाली पोर्न सेक्स

१०) नेपाल सेक्स



सेक्स र नेपालसँग सम्बन्धित भएर सन् २०११ मा गुगलमा सर्च गरिएका टप टेन वर्ड

१) सेक्स इन नेपाल

२) नेपाली सेक्स

३) सेक्स अफ नेपाल

४) सेक्स भिडियो

५) नेपाल सेक्स भिडियो

६) फ्रि सेक्स

७) इन्डियन सेक्स

८) सेक्स भिडियोज

९) सेक्स स्टोरिज

१०) सेक्स फोटो 

वर्ष २०११ मा नेपालीहरूले यस्ता लिंक पनि खोलेको पाइयो

नेपाली सेक्स कथा

नेपाली सेक्स डटकम

नेपाली सेक्स भिडियो डट कम

नेपाली.....

नेपाली सेक्स इमेज

सेक्स स्टोरिज नेपाली



काठमाडौंबाट गुगलमा सर्च गरिएका टप फाइभ सेक्स रिलेटेड शब्द 

सेक्स इन काठमाडौं

नेपाल सेक्स

सेक्स इन नेपाल

नेपाली सेक्स

काठमाडौं सेक्स गल्र्स



नेपालीहरूले सन् २०११ मा गुगलमा सर्च गरेका टप टेन सेक्स रिलेटेड वर्ड, गुगलले सेक्सका सम्बन्धमा सबैभन्दा धेरै काठमाडौं र त्यसपछि विराटनगरबाट सर्च गरिएको देखाएको छ। 

१) भिडियो सेक्स 

२) नेपाली सेक्स

३) फ्रि सेक्स

४) सेक्स भिडियोज

५) इन्डियन सेक्स

६) सेक्स पोर्न

७) पोर्न

८) हट सेक्स

९) सेक्सी

१०) सेक्स गर्ल 



सन् २०११ मा विश्वभर सर्च गरिएका सेक्स रिलेटेड टप टेन वर्ड 

१) फ्रि सेक्स

२) सेक्स भिडियो

३) सेक्स भिडियोज

४) सेक्स पोर्न

५) पोर्न

६) ट्युब सेक्स

७) इन्डियन सेक्स 

८) सेक्स हट

९) सेक्स स्टोरिज

१०) पोर्नो



गुगलका अनुसार विश्वभर सन् २०१० मा गुगलमा सेक्स शब्दको सर्वाधिक खोजी गर्ने टप टेन राष्ट्र 

१) भियतनाम

२) कम्बोडिया

३) पाकिस्तान

४) श्रीलंका

५) बंगलादेश

६) भारत

७) नेपाल

८) इथियोपिया

९) इरिट्रिया

१०) टिमोर लेस्टे
author

This post was written by: Franklin Manuel

Franklin Manuel is a professional blogger, web designer and front end web developer. Follow him on Twitter

0 Responses to “सेक्स खोज्नेमा नेपाल विश्वकै १० नम्बर”

Post a Comment

Newer Post Older Post Home
Subscribe to: Post Comments (Atom)
  • Buzz
  • Twitter
  • Facebook
  • RSS

Our Message

It is not time to sleep but time to learn and time to work. Be knowledgeable be skillful and be social. Come lets walk together.

Popular Posts

  • List of colleges in Nepal
        List of colleges in Nepal     Colleges in Kathmandu Valley Name Address Tel. No. A.J Institute of Academy Science Mahara...
  • Choose The Right Course After SLC
        The Right Course   Many students do not realize that choosing the right course to study is just as important as getting the...
  • MBBS/BDS Entrance Exam Curriculum by MOE (Nepal)
    PHYSICS Group (A) Mechanics General concept of physical quantities, Vector algebra Laws of Motion, Application of Newton...
  • THE FAMOUS QUOTES FROM BHAGWAT GITA:
     “The wise sees knowledge and action as one; they see truly”   Bhagavad Gita quotes         “One who has control over the mind is tranquil ...
  • KU MBBS curriculum and entrance syllabus
    MBBS is an undergraduate course. Under Kathmandu University (KU) it is a 5 and a 1/2 year long course which includes 1 year of internship...
  • एक्जाम फोबियाबाट कसरी बच्ने ?
    एक्जाम फोबियाबाट कसरी बच्ने ? श्यामकुमार सिंह http://www.ekantipur.com/saptahik/article/?id=6923 परीक्षा, टेस्ट, एक्जाम यी शब्दले ...
  • Birth place of Lord Buddha. (Video)
  • MBBS entrance syllabus for IOM
    BIOLOGY Group (A) Botany 1.   Introduction to biology 1.1      Scope of biology, fields of biology, life processes 1.2      Bio...
  • Hamro Nepal ma Song from Movie Balidan ( video )
  • (no title)
     Top 25 Higher Secondary School (HSEB +2 Colleges) according to the Survey of Nepal Magazine 2068   1. Prasadi Academy Higher Seconda...

Feedjit

Blog Archive

  • ▼  2012 (92)
    • ►  May (2)
    • ►  April (16)
    • ►  March (41)
    • ▼  February (33)
      • Your Learning Style
      • Multiple choice exam tips
      • Establishing Good Study Habits
      • EXAM hints for students
      • How to Be a Good Student
      • Why students should have Clubs and Organizations I...
      • Tips for Effective Studying
      • Concentration Tips for students
      • कामवासना र प्रेम पुष्पा शर्मा
      • सेक्स खोज्नेमा नेपाल विश्वकै १० नम्बर
      • Politics in the eyes of western politicians and in...
      • know the history of world till now
      • Peace and Prosperity in the age of today Peace and...
      • VIDEO amazing facts about meditation (surely you ...
      • Interesting Facts About Sex!
      • We are inches from success in Nepal!
      • Transforming Sex into Love by Osho
      • किशोर-किशोरीहरू किन आफैलाई हानि पुर्‍याउँछन् ? tee...
      • युवतीहरू पुरुषमा के खोज्छन् ?
      • आदर र सम्मान कसलाई ?
      • Do you have questions about peace then read once.
      • Osho - Meditation is a state of awareness
      • Osho Quotes on Mind
      • Quotation of Osho
      • Inspiring Life stories
      • Most famous INSPIRING QUOTATIONS
      • Biography of Stephen Hawking
      • Nothing is impossible (video)
      • SMART THINKING
      • KNOWLEDGE VERSUS NEW IDEAS
      • mind anatomy and functions(video)
      • MIND AND MEMORY TRAINING
      • Taken from MIND ITS MYSTERIES AND CONTROL By SRI S...

Blog links

Learn to respect and learn to love.

learn to love. learn to share love. Be kind . Share happiness. It makes you human being.

Request

Please make your comments on our articles. How you feel about them?
Powered by Blogger.
Enter your name and the name of the person you love, then click "Test"
All Rights Reserved SOOCH LIBRARY | Template by Sooch