Friday, March 16, 2012
एक्जाम फोबियाबाट कसरी बच्ने ?
Do you like this story?
एक्जाम फोबियाबाट कसरी बच्ने ?
श्यामकुमार सिंहhttp://www.ekantipur.com/saptahik/article/?id=6923
भविष्य निर्माणप्रति सजग विद्यार्थीहरू वर्षभरि नै पढाइलेखाइमा लाग्छन्, तर परीक्षाको समय त्यो समय हो जब परीक्षाको तनाव र दबाबका कारण विद्यार्थीहरू डराएको अनुभव गर्छन्। उनीहरूलाई भोक लाग्दैन। अनिद्रा, टाउको दुखाइ, आँखा थाक्ने जस्ता समस्याहरू देखा पर्न थाल्छन्।
पर्याप्त मेहनतका बाबजुद यदि परीक्षामा राम्रो अंक आएन भने मन त खिन्न हुन्छ नै साथै विद्यार्थीहरू डिप्रेसनको सिकार पनि हुन पुग्छन्। जसले उनीहरूमा व्यक्तित्वसम्बन्धी दोष पनि देखा पर्न थाल्छ। कम अंक अथवा आशाअनुसार अंक वा ग्रेड प्राप्त नहुँदा धेरैजसो विद्यार्थीमा निराशा देखा पर्छ। हाम्रो सामाजिक संरचना, आमाबुबाको सामाजिक हैसियत, एकेडेमिक अंक तथा ग्रेडको आधारमा जागिर पाउने प्रावधान तथा बुद्धिमान बन्ने प्रवृत्तिले गर्दा परीक्षा एउटा मूल्यांकन नबनेर एउटा डर बनिसकेको छ।
सबैभन्दा पहिले त परीक्षा नामको भयमाथि नियन्त्रण आवश्यक छ किनभने डरले कुनै पनि काम ठीकसँग हुन पाउँदैन। खानपिन छोड्नाले विद्यार्थीको अध्ययन क्षमतामा प्रतिकूल असर पर्छ। अतः खानपिन छोड्नुको सट्टा सन्तुलित तथा पौष्टिक आहार खानुपर्छ। यस अवधिमा अमला र चनालाई खानामा अवश्य सामेल गर्नुपर्छ र दूध पनि पिउनुपर्छ। हुनसक्छ भने जुस पनि पिइरहनुपर्छ। चटपटे तथा फास्टफुडबाट बच्न सकियो भने पेटले पनि अध्ययनमा साथ दिन्छ।
छुट्टै पढ्ने कोठा र टाइमटेबल आवश्यक छ। समयबद्ध र नियमित अध्ययनले आत्मविश्वास बढ्छ र आत्मविश्वास नै सफलताको साँचो हो। आत्मविश्वास प्राप्त हुन्छ— पाठ्यक्रमको गहन र सम्पूर्ण अध्ययनले। यथासंभव पूरा पाठ्यक्रम पढ्नुपर्छ र राम्रो अंक ल्याउन बजारमा पाइने नोटस, गेसपेपर तथा गाइडहरूमा आश्रति रहनुहुँदैन किनभने यसको सहाराले सामान्य अंक मात्र पाउन सकिन्छ। राम्रो अंक प्राप्त गर्नु छ भने पाठ्यक्रमको कुनै पनि भाग छोड्नुहुँदैन।
परीक्षाको तयारी रटेर होइन लेखेर वा तर्कपूर्ण ढंगले गर्नुपर्छ। प्रत्येक प्रश्नपत्रको स्वरुप, अंकको विभाजन, प्रश्नको संख्या, प्रत्येक प्रश्नको शब्दसीमा आदिको पनि पूरा ज्ञान आवश्यक छ। यसले पनि राम्रो परिणाम ल्याउन मद्दत गर्छ।
यी जम्मै कुरा त परीक्षा पूर्वका तयारी हुन्। अब परीक्षा भवनमा प्रश्नपत्र कसरी हल गर्ने ? जान्नु सबैभन्दा महत्त्वपूर्ण छ। उत्तर लेख्नुभन्दा पहिले प्रश्नलाई राम्रोसँग बुझ्नुपर्छ। उत्तर एकदम सटिक र निर्धारित शब्दसीमाभित्र लेख्नुपर्छ। कुनै पनि प्रश्नको उत्तर लेख्दा त्यसलाई अनावश्यक विस्तार गर्ने प्रयास गर्नुहुँदैन भने अति संक्षिप्त उत्तर पनि लेख्नुहुँदैन। उत्तर सन्तुलित र सोधिएको प्रश्नकै आधारमा लेख्नुपर्छ। यदि प्रश्नपत्रलाई थप उत्तरपुस्तिकामा हल गर्नु छ भने उत्तर क्रम मिलाएर नै लेख्नुपर्छ। प्रत्येक उत्तरको अगाडि सम्बन्धित प्रश्नको क्रम सङ्ख्या अंकित गर्नुपर्छ तथा एउटा खण्डको प्रश्नको उत्तर एउटै ठाउँमा लेख्नुपर्छ। प्रत्येक प्रश्नको हलपश्चात् एक वा दुई लाइन वा स्पेस छोडेर मात्र अर्को प्रश्नको उत्तर लेख्न थाल्नुपर्छ। जहाँसम्म सम्भव छ उत्तर लेख्नुभन्दा पहिले एकचोटि सोच्नुपर्छ र उत्तर केरमेट गर्नबाट जोगिनुपर्छ। आफ्नो उत्तरमा पूर्ण विश्वास गर्नुपर्छ। याद राखौँ आत्मविश्वास नै सफलताको साँचो हो। त्यसबाहेक स्पष्ट र सुन्दर लेखाइ पनि सफलताको अर्को कडी हो।
This post was written by: Franklin Manuel
Franklin Manuel is a professional blogger, web designer and front end web developer. Follow him on Twitter
Subscribe to:
Post Comments (Atom)
0 Responses to “एक्जाम फोबियाबाट कसरी बच्ने ?”
Post a Comment