Friday, March 16, 2012
परीक्षाफल, विद्यार्थी र अभिभावक
Do you like this story?
परीक्षाफल, विद्यार्थी र अभिभावक
श्यामकुमार सिंहhttp://www.ekantipur.com/saptahik/article/?id=1771
कारण
परीक्षाफल बिगि्रएको खण्डमा विद्यार्थीमा स्वयंलाई असर पुर्याउने प्रवृत्ति किन जन्मन्छ ? परीक्षाफल बिगि्रएको खण्डमा विद्यार्थीको मनमा सबैभन्दा पहिले यही विचार आउँछ- बाँकी साथी त सफल भैहाले, म मात्र असफल भएँ । यस्तो स्थितिमा उसमा एक्लोपनको भावना उत्पन्न हुन्छ । उसलाई आफ्नो आत्मसम्मानमा कमी आए जस्तो लाग्छ । यस्तो स्थितिमा परिवारले पनि उसैलाई बलिको बोको बनाई उसको आलोचना गरिरह्यो भने स्थिति थप बिग्रन सक्छ ।
समाधान
यसप्रकारको समस्याबाट बच्न परीक्षाको परिणाम निस्कने बेलामा विद्यार्थीलाई काउन्सिलर उपलब्ध गराउनुपर्छ । जसको परीक्षाको परिणाम राम्रो छैन उसलाई काउन्सिलरले मानसिक रूपमा सान्त्वना दिन सक्छन् र भविष्यप्रति प्रेरित गरेर निराशाबाट बच्न सहयोग गर्छन् । यो कार्य सामूहिक वा आवश्यकताअनुसार व्यक्तिगत रूपमा पनि गर्न सकिन्छ । परीक्षाफल बिगि्रएको खण्डमा छात्रछात्राले आफ्नो आत्मसम्मानमा कमी आएको महसुस गर्छन् । यस्तो अवस्थामा उनीहरूको आत्मसम्मानलाई पुनः बहाली गर्नुपर्ने आवश्यकता हुन्छ । यस प्रकारको अवस्थाबाट जोगिन काउन्सिलरले अभिभावकहरूलाई पनि प्रशिक्षित गर्न सक्छन् ।
स्कुलको भूमिका
यस्तो परिस्थितिमा स्कुल-कलेजको भूमिका पनि महत्त्वपूर्ण हुन्छ । स्कुल-कलेजले विद्यार्थीलाई भावनात्मक रूपमा सहयोग गर्न सक्छन् । विद्यालयमा छात्रछात्राको आलोचना गर्नुहुँदैन । यसबाहेक एक छात्रलाई अर्को छात्रसँग तुलना गर्नुहुँदैन । आवश्यकता महसुस भए स्कुल-कलेजद्वारा अतिरिक्त सहयोग वा गाइडेन्स दिन सकिन्छ । विद्यालयमा नियमित रूपमा करियर काउन्सिलिङको व्यवस्था गर्नुपर्छ ।
ध्यान दिनुपर्ने कुरा
अभिभावकले छात्रछात्रामा हुने निम्नलिखित परिवर्तनमाथि ध्यान दिनु आवश्यक छः
पटकपटक रुन्छ वा रुन मन लाग्छ ।
एक्लै बस्न रुचाउँछ ।
साथीभाइसँग बोलचाल गरिरहेको छैन ।
राम्रो निद्रा लागिरहेको छैन ।
भोक लागेको छैन ।
चिडचिडाहट बढेर गएको छ ।
कुनै पनि कुरामा रुचि लिइरहेको छैन ।
उपरोक्त लक्षणहरू कुनै छात्रछात्रामा देखा परे अभिभावकको भूमिका महत्त्वपूर्ण हुन्छ । यस प्रकारको स्थितिमा अभिभावकले सतर्कता अपनाउनु बुद्धिमानी हुन्छ ।
This post was written by: Franklin Manuel
Franklin Manuel is a professional blogger, web designer and front end web developer. Follow him on Twitter
Subscribe to:
Post Comments (Atom)
0 Responses to “परीक्षाफल, विद्यार्थी र अभिभावक”
Post a Comment