Friday, March 16, 2012
जब पढाइमा मन लाग्दैन
Do you like this story?
जब पढाइमा मन लाग्दैन
श्यामकुमार सिंहhttp://www.ekantipur.com/saptahik/article/?id=3496
यस्तो अवस्थामा कुनै पनि प्रकारको दबाबबाट छुटकारा पाउने प्रयास गर्नुपर्छ तथा जुन कुराले अध्ययनमा अवरोध सिर्जना गर्छ, त्यसबाट टाढै रहनुपर्छ । आफ्नो मस्तिष्कलाई बढीभन्दा बढी आराम दिनुपर्छ । किशोर-किशोरीहरूले पढाइमा आफ्नो ध्यान केन्दि्रत गर्न केही विशेष कुराको हेक्का राख्नुपर्छ ।
एउटा उद्देश्य
किशोर-किशोरीहरूले आफ्नो उद्देश्यलाई कसरी योजनाबद्ध तरिकाले पूरा गर्न सकिन्छ भन्नेतिर लाग्नुपर्छ । आफूले निश्चित गरेको समयमा पर्याप्त मेहनत गर्नुपर्छ । कहिल्यै पनि आफ्नो लक्ष्य त्यस्तो बनाउनु हुँदैन जुन पूरा हुन नसकोस जुन कुरा पढ्न छुटयाइएको थियो, त्यसको कति अंश पूरा भयो र कति बाँकी रह्यो प्रत्येक दिन मूल्यांकन गर्नुपर्छ ।
आफ्नो समयतालिका आफू एउटै विषयमा नअकिडयोस् तथा अन्य विषयलाई पनि पूरा समय दिनसकियोस भन्ने हिसावले बनाउनुपर्छ । कुनै पनि विषयलाई उचित समय दिएर मात्र त्यसलाई राम्रोसँग बुझ्न सकिन्छ । विषयहरू परिवर्तन गरेर पढ्दा बोर भइदैन र ध्यानपनि यताउति जाँदैन ।
आफ्नो प्रिय विषय रोजौं
जुन विषय मनपर्छ, अध्ययनको प्रारम्भ त्यही विषयबाट गर्नुपर्छ । कम्तीमा ३० देखि ४५ मिनेटसम्म आफ्नो प्रिय विषय पढ्नुपर्छ, त्यसपछि कठिन विषय पढ्न आफैं रुचि जागृत भएर आउँछ ।
विश्राम गरौं
लगातार पढ्दा मानिस थकित हुन्छ । त्यस्तो थकानबाट मुक्ति पाउन सानो ब्रेक लिनुपर्छ । ब्रेक कुन प्रकारको र कति समयको हुनुपर्छ भन्ने कुरा स्वयंमा निर्भर गर्छ । एक घन्टा पढिसकेपछि १० मिनेटको विश्राम पर्याप्त हुन्छ । उक्त समयमा टेलिभिजन हेर्न सकिन्छ, घरबाहिर कौसीमा डुल्न सकिन्छ । आफूले मन पराएको गीत सुन्न सकिन्छ, वा कुनै गेम खेलेर स्वयंलाई तरोताजा गर्न सकिन्छ ।
शान्त स्थान रोजौं
टेलिभिजन भएको कोठामा वा गेस्टरुममा पढ्नु हुँदैन । शान्त स्थानमा बसेर अध्ययन गर्नुपर्छ । अतिथिको आगमनले कुनै प्रकारको बाधा उत्पन्न नहोस भन्ने कुरामा छात्र स्वयं एवं परिवारजनले पनि ध्यान पुर्याउनुपर्छ ।
व्यायाम
अध्ययनका क्रममा बीच-बीचमा व्यायाम पनि गर्नुपर्छ, जसले शरीर चुस्त राख्छ । स्वस्थ मस्तिष्कका लागि शरीर स्वस्थ हुनुपर्छ । बिहानको खुल्ला हावामा हिँड्दा तथा व्यायाम गर्दा शरीर चुस्तस्फुर्त रहन्छ ।
This post was written by: Franklin Manuel
Franklin Manuel is a professional blogger, web designer and front end web developer. Follow him on Twitter
Subscribe to:
Post Comments (Atom)
0 Responses to “जब पढाइमा मन लाग्दैन”
Post a Comment